Advertise here
कृषि बिकास बैङ्गकको ३७ लाख कर्जा अशुली गर्न समस्या
Advertise here


रारा रैवार सम्वाददाता
चैत १८ मुगु
जिल्ला कृषि बिकास बैक मुगुको ३७ लाख कर्जा अशुली गर्न समस्या भएको छ । २०७० साल देखि स्वरोजगार कर्जा र नियमित कर्जागरी ३७ लाख कर्जा अशुली गर्न समस्या भएको जिल्ला कृषि बिकास बैङक मुगु शाखाले जनाएको छ । 
४१ जना संग स्वरोजगार कर्जा र १० जना संग नियमित कर्जा गरी ५१ जना ग्राहक बाट कर्जा सवा ब्याज अशुली गर्न समस्या भएको जिल्ला कृषि बिकास बैङ्गक मुगु शाखाका प्रवन्धक जनक बहादुर शाहीले बताउनुभयो । 

उहाँका अनुसार बारम्बार ग्राहकहरु लाई  मौखिक र लिखित जानकारी संगै  ताकेता  गर्दा पनी ग्राहकले नसुनेको जस्तै गरेको बताउनुभयो ।  एक हप्ता भित्र सवा ब्याज नबुझाएका धितो लिलाम गरीने  कृषि बिकास बैक मुगुले जनाएको छ ।

Advertise Here