मिनि रारा गोल्डकप फुटबलको उपाधि भामवाडा लाई

नन्द बहादुर रोकाया
कार्तिक १० मुगु
बिजयादशमी तथा शुभदिवाली २०७६ को शुभ अबसरमा श्रीनगर युवाद्धारा आयोजित मिनिरारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भामवाडा फुटबल क्लबले जितेको छ ।आईतबार भएको अन्तिम चरणको प्रतिस्पर्धामा ए वान स्पोट क्लबलाई पेनाल्टी शुटबाट पराजित गर्दै भामवाडाले उक्त उपाधि जितेको हो । खेल शुरु भएको ५ मिनेट भित्रै पहिलो गोल ए वान स्पोट क्लबले गरेको भए पनी खेलको १८ औ मिनेटमा भामवाडाले गोल फर्काए संगै निधारित समयमा खेल बराबरीमा सकिएपछि दुवै तर्फबाट कुनै पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । शनीबार फुटबल खेल खेलीरहदा गोलको बिषय लाई लिएर विवाद भएको थियो । आईतबार समधान खोजी रेफ्रीको निर्देशन अनुसार खेल पुन खेलाईएको बताइएको छ
पेनाल्टी शुटमा ५र४ गोल अन्तरले ए वान स्पोट क्लबलाई पराजित गर्दै भामवाडा फुटबल क्लबले उपाधि आफ्नो पक्षमा पारेको हो । पेनाल्टीमा भामवाडाको ५ र ए वान को ४ भएको थियो । विजेता भामवाडा फुटबल क्लबले ३५ हजार हजार रकम सहित शिल्ड र पदक प्राप्त गर्दा उपविजेता ए वान स्पोट क्लबले २० हजार प्राप्त गरेको छ ।
यसै बिच महिलाको खेलमा हिमाली भोटेले बिजेता र ए वान स्पोट क्लब उप बिजेता भएको छ । बिजेता हिमाली भोटेलाई ८ हजार रकम मेडल प्रमाण प्रत्र प्रदान गरीएको छ भने उपविजेता ए वान स्पोट क्लब लाई ५ हजार सहित मेडल प्रमाण प्रत्र प्रदान गरीएको आयोजक स्रोतका प्रवक्ता पदम राज मल्ले बताए । मिनि रारा गोल्डकप प्रतियोगितामा १४ पुरुष ३ महिलाको टिम सहभागी भएको थिय ।